तराईका भू–भागमा ह्वातै चिसो बढ्याे « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


तराईका भू–भागमा ह्वातै चिसो बढ्याे


117
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

आज (मंगलबार) बिहान तराईका भू–भागमा भने हुस्सु-कुहिरो लागेकाे छ । जसका कारण तराईमा चिसो ह्वातै बढेको हाे । हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको छ । मंगलबार बिहान देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार मंगलबार दिउँसो भने प्रदेश–१ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने भएकाे छ । साथेै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। मंगलबार राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।