काठमाडाैं । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न पठाइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । ज्येष्ठ नागरिकलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना र वडाध्यक्षहरुले संयुक्त रुपमा खादा र टीकासहित बिदाइ गर्नुभएको हो…