केशव कोइराला, बर्दिया। बर्दियाको बबई सिँचाइ नहरमा डुबेर बेपत्ता भएका बारबर्दिया-१० बैदिका १९ वर्षीया आकाश थारु मृत फेला परेका छन् । प्रहरीका अनुसार मंगलबार कपाल काट्न भन्दै घरबाट निस्किएका थारु नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा…