Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सरकारकाे सिफारिस


0
Shares

काठमाडाैं। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन भदौ ११ गते मध्यरातिदेखि अन्त्यको सिफारिस गरेको हो । बैठकले प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामजीप्रसाद घिमिरेले बताउनुभएकाे छ।

मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरूलाई निर्देशन दिनुभएकाे हाे। सरकारी सेवा प्रवाह चुस्त, प्रभावकारी र जनमुखी बनाउनेतर्फ क्रियाशील हुन उहाँले मन्त्रीहरूलाई निर्देशन समेत दिएको प्रवक्ता घिमिरेले बताउनुभएकाे छ।