Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


लुम्बिनी सरकारले दियाे हरितालिका तीज पर्वकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा


0
Shares

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीज पर्वको अवसरमा साेमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले सोमबार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो। प्रदेश राजपत्र भाग-३, खण्ड ९, सङ्ख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचना बमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले यसअघि जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यले जारी गरेको सूचनामार्फत प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाकाे बारेमा जानकारी गराइएको हाे।