ओखलढुंगा । यसवर्षको दशैं सुरु भएसँगै ओखलढुंगा सदरमुकाममा चहलपहल बढेको छ । सदरमुकाम क्षेत्रका पसलहरुमा किनमेल गर्ने ग्राहकको भीड लागेको हो । विशेषगरी कपडा पसलमा किनमेल गर्ने ग्राहकको संख्या अत्यधिक रहेको छ । दशैंमा नयाँ कपडा लगाउने चलनका कारण ग्राहकको संख्या बढेकाले अन्य सिजनभन्दा दशैंको सिजनमा व्यवसायीको कारोबार बढी हुने भएकाले उनीहरु व्यस्त रहेको ओखलढुंगा…