सिन्धुलीको गणेशस्थान जीर्ण बन्दै « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


सिन्धुलीको गणेशस्थान जीर्ण बन्दै


78
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा अवस्थित प्राचीन गणेशस्थान उचित संरक्षण र सम्वर्द्धनको अभावका कारण जीर्ण बनेको छ ।

सुनकोशी नदीको किनारमा रहेको गणेशस्थानमा भाकल र पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेपनि हिजो आज कसैले पनि पूजा गर्ने गरेका छैनन् । करिब २ सय वर्ष अघि स्थापना भएको झागाझोली रातमाटामा अवस्थित गणेश मन्दिरको जिर्णोद्वार गर्न सुनकोशी गाउँपालिका र अन्य सरोकारवाला निकायहरु कसैले पनि चासो नलिएको स्थानीयले बताएका छन् ।

गणेश मन्दिरको नजिकै गणेशकै नाममा गुठी समेत संचालनमा रहेपनि भगवान गणेशको आजकल पूजा हुन छोडेको हो ।