सिन्धुली । बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ ।
१ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ ।
पानी र बिजुली बाहेक अन्य कच्चा पदार्थ नचाहिने भएकाले सिन्धुलीको हरिहरपुरगढी क्षेत्र उद्योगका लागि उपयुक्त स्थान रहेको बताइएको छ । नेपालमा वर्षेनी रासायनिक मलको हाहाकार हुँदै आएकाे छ ।
प्रतिक्रिया दिनुहोस्