कैलाली । सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जितेका छन् । विभिन्न जिल्लामा बनाइएका आइसोलेसनबाट थप ६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ५ हजार चार सय ६७ पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीका पाँच र कञ्चनपुरका १ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो…