प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना संक्रमित • Image Khabar Image Khabar


प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना संक्रमित


रासस
२ मंसिर २०७७, मंगलवार १९:०५

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना संक्रमित

विराटनगर, मंसिर २ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोरोना सङ्क्रमित भएका छन् ।

सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो ।

सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने मंगलबार डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्