हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ । रुघाखोकी लागेपछि कोरोनाको 'पीसीआर' परीक्षण गर्दा 'रिपोर्ट पोजिटिभ' आएको सांसद सिग्देलले बताउनुभयो । यही असोज ५ गते हेटौंडाबाट काठमाडौं जानुभएका उहाँ काठमाडौंमै 'होम आइसोलेसन'मा बस्नुभएको छ । उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको परिवारमा भने…