विराटनगर, पुस १६ । नेकपा प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गर्नुभएको छ । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ र एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । यसअघि दाहाल–नेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका थिए…