Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


विदेशीको इशारामा दाहाल र नेपाल : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा, पुस १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पुष्पकमल दाहाल र नेपालले विदेशीको ईशारामा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेपछि प्रधानमन्त्रीले प्रतिनिधीसझा विघटन गरेको दाबी गर्नुभएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गर्न रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराले बुधबारदेखि आयोजना गरेको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले दाहाल–नेपाल पक्षले विगतमा भएका सहमति तोडेका कारण नेकपासमेत विभाजित भएको जिकीर गर्नुभयो ।

आगामी बैशाखमा हुने चुनावबाट ओलीको पार्टीलाई पराजित गरेर देखाउन पनि मूख्यमन्त्री गुरुङले चुनौती दिनुभयो ।