ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ । आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगो सल्किरहेको प्रजिअ चापागाईँको भनाइ छ । अहिले पनि ती मुडामा लागेको आगो निभाउन नेपाली…