प्रचण्ड–नेपाल समूहद्वारा सुदूरपश्चिम कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई कारवाहीको सिफारिस « Image Khabar


प्रचण्ड–नेपाल समूहद्वारा सुदूरपश्चिम कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई कारवाहीको सिफारिस


Imagekhabar
१८ पुष २०७७, शनिबार १०:५१

कैलाली । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ ।

धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको नेकपा सुदूरपश्चिमका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रले थापालाई कारवाही गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपामा एकले अर्को समूहले जिल्लादेखि केन्द्रसम्म कारवाही गर्ने क्रम चलेको छ । सोही क्रमममा थापालाई पनि कारवाही गर्न सिफारिस गरिएको हो । थापा ओली निकट नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्