पाेखराकाे ३ किलाेमिटर क्षेत्रफलमा महाेत्सव, आन्तरिक पर्यटकको घुइँचो « Image Khabar


पाेखराकाे ३ किलाेमिटर क्षेत्रफलमा महाेत्सव, आन्तरिक पर्यटकको घुइँचो


Imagekhabar
१७ पुष २०७७, शुक्रबार १५:४९

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अंग्रेजी नयाँ वर्ष स्वागत गर्न सडक महोत्सव आयोजना गरिएको छ । बिहीबार साँझ सडक महोत्सवका क्रममा न्यू इयर इभ मनाइएकोमा लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो ।

मध्यरातमा फेवाताल किनारबाट पर्यटकहरूले नयाँ वर्षको भव्य स्वागत गरेका थिए । गत वर्षदेखि सुरु कोभिड–१९ को प्रभाव कायमै रहेको बेला आयोजित महोत्सवमा मानिसहरूको उल्लेख्य उपस्थिति थियो । फेवाताल किनारको सहिदचोकदेखि हल्लनचोक हुँदै डिहिकोपाटनसम्म मानिसको भीड लागेको थियो ।

ठाउँ–ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा मानिसहरू झुम्मिएका थिए । करिब ३ किमी क्षेत्रफलमा भएको महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा आयोजना हुने महोत्सव भएको स्थानीयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्