काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङसहित राखेप बोर्ड सदस्यहरूको सम्मानसहित बिदाइ गरिएको छ। नेपाल सरकारले २०७८ साल मंसिर १३ गते नियुक्त गरेका घिसिङ आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका हुन् । घिसिङसहित राखेप बोर्ड सदस्यहरूकाे बिदाई काठमाडौंस्थित त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा शुक्रबार गरिएको हाे। साेही कार्यक्रम मा 'मिशन–२०२६’ अन्तर्गत…