Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


एमालेकाे सचिवालय बैठक भाेलि बस्ने

बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउने बारेमा छलफल गरिंने

390
Shares

काठमाडाैं। नेकपा एमालेले ११ औं महाधिवेशनको संघारमा सचिवालय बैठक बाेलाएकाे छ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएकाेछ। महाधिवेशन अघि सचिवालय बैठक बस्न लागेको हो। साेही बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउने बारेमा छलफल हुने नेताहरूले बताएका छन्।

गत भदौको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ जनामा झारे पनि नेताहरू व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या पुन: १९ जना नै पुर्‍याउन खोज्नुभएकाे छ।केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय रहेको छ। यसलाई पनि बढाउने अध्यक्ष ओलीकाे तयारी रहेकाे हाे।