Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेस डोटीले निर्वाचनका लागि १७ जना उम्मेदवारको नाम सिफारिस गर्‍यो


2k
Shares

काठमाडाैं। नेपाली कांग्रेस डोटीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

कांग्रेस डोटीले बिहीबार प्रतिनिधि सभा प्रत्यक्षतर्फ गोरखबहादुर विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा र हर्कबहादुर देउवालाई सिफारिस गरेकाे हाे। जसमध्ये श्यामराज ओझा नेपाल विद्यार्थी संघबाट त्रिवि स्ववियु सभापति समेत हुनुभएकाे थियाे।

समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह शाही, प्रसिस महरा, हिक्मतसिंह चोपरा, मायादेवी कुँवर र लालबहादुर बिकको नाम सिफारिस भएको छ। राष्ट्रिय सभातर्फ दीपक कुमार विष्ट र यज्ञराज पाठकको नाम सिफारिस गरेकाे कांग्रेस डोटीले जनाएकाे हाे।