काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनुभएको छ । उहाँले ५३१ मत ल्याउादा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गर्नुभयो । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको साथ…