८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा


585
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिनुभएको छ ।

विश्वासको मत परीक्षणका लागि डाकिएको प्रदेशसभाको वैठकलाई आज अपरान्ह सम्बोधन गर्दै सोडारीले राजीनामा घोषणा गर्नुभएको हो ।

नेकपा एकीकृत समाजवादीबाट गत बैशाख ६ गते मूख्यमन्त्री बन्नुभएका सोडारीको सरकार केन्द्रमा कांग्रेस र एमाले गठबन्धन बनेसंगै अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेको तिसौं दिनको दिन उहाँले राजीनामा दिनुभएको हो ।

कांग्रेस र एमालेले भने आफ्ना सांसदहरुलाई सोडारीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । सोडारीको राजीनामासंगै सुदूरपश्चिममा पनि अब कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने बाटो खुलेको छ ।