काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आर.ए ४१२ कलसाइन भएको विमान करीब एक घण्टापछि काठमाडौंमै फर्किएको हो । विमानस्थल स्रोतका अनुसार उक्त जहाज पाकिस्तानमाथिको आकासबाट फर्किएर राति सवा ११ बजे काठमाडौंमा अवतरण गरेको हो । जहाज आसपास केही खतरा…