Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु


2.1k
Shares

काठमाडौं । पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ ।

बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

पहिरोले पुरिनेमा सबै एकै परिवारका हुन् । पहिरोमा परेर मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेको जनाइएको छ ।