१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा


702
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिनु भएको छ । विश्वासको मत लिन डाकिएको प्रदेशसभाको बैठकबाटै उहाँले राजीनामा दिनुभएको हो ।

केन्द्र सरकारमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा पर्नुभएका जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिनुभएको हो ।

मूख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएलगत्तै बाग्मती प्रदेशका प्रमुख बालचन्द्र शर्माले आगामी मंगलबार साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि राजीनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका महराले पनि प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिनुभएको हो ।

बाग्मती र लुम्बिनी दुवै प्रदेशमा अब काँग्रेस र एमाले गठबन्धन सरकार बन्नेछ ।