काठमाडौं । संघीयताको आधार मानिएका प्रदेश सरकार र प्रदेश संसदको गतिविधि यो वर्ष पनि उत्साहजनक रहन सकेन । केन्द्र सरकार जस्तै प्रदेश सरकारले पनि सत्ताको दाउपेचमा नै एक वर्ष गुजारेका छन् । पछिल्लो समयमा केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशमा पनि त्यसको प्रत्यक्ष असर पर्दा पाँच वटा सरकारमा फेरवदल आइसकेको छ भने दुई वटा प्रदेशले मुख्यमन्त्री…