काठमाडौं । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३१ औँ बैठक आज बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरि मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश भइ निर्माणार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्