काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।
उपप्रमुख डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गर्नुभयो । उहाँले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सांस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको बताउनुभयो ।
उपप्रमुख डंगोलले रमाउन र खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेको पनि बतउनुभयो ।
प्रतिक्रिया दिनुहोस्