काठमाडौं । अंग्रेजी फौजलाई नेपाली फौजले परास्त गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक र वीरताको प्रतिक २ सय ५ औं भगवती रथयात्रा मनाइएको छ ।
रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेलले सहभागी भइ भगवती माताको पुजा गर्नुभयो । विजय उत्सवको रुपमा हरेक वर्ष मनाइँदै आएको भगवतीको रथयात्रामा यस पटक राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति पौडेल सहभागी बनेसँगै यस वर्षको रथयात्रा निकै उल्लासपुर्ण बनेको हो ।
राष्ट्र«पति पौडेलले ऐतिहासिक भगवतीको रथयात्राको अवलोकन समेत गर्नुभएको थियो । नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा प्रत्येक वर्ष भगवतीको रथयात्रालाई सदरमुकाम तानसेन परिक्रममा गराउने प्रचलन रहेको छ ।
रथयात्राको अवसरमा पाल्पासहित छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, रुपन्देहीबाट हजारौं श्रदालुभक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्