काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनी प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको हो ।
देवकोटा कैलालीका हुनुहुन्छ भने घर्तीमगर रोल्पा र जोशी बझाङका वासिन्दा हुनुहुन्छ । उनीहरुलाई नियुक्त गर्नुअघि राष्ट्रपति पौडेलले पहिलेका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको थियो ।
बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रमुखहरु हटाउने र नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्