१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


लुम्बिनी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड


325
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका ८ जनाको मन्त्रालय तोकिएको छ ।

विना विभागीय मन्त्री बनेको दश दिनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले आज मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरण मन्त्रीमा बादशाह कुर्मी र उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरी रहेका छन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई भागवण्डा गरिएकोमा कांग्रेसले आन्तरिक किचलोका कारण एउटा मन्त्री दिन सकेको छैन । साना दलहरुमध्ये लोसपा र जसपा सरकारमा जाने तयारीमा छन् ।