२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


208
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनु भएको छ ।

मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो । यसअघि उहाँले गत वैशाख १३ गते विश्वासको मत लिनुभएको थियो । केन्द्रमा काँग्रेस–एमालेको नयाँ समीकरण बनेपछि कर्णालीमा माओवादीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

सरकारमा सहभगी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । ४० सदस्यीय कर्णालीे प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्दछ । प्रदेशसभामा काँग्रेस र एमाले जोड्दा स्पष्ट बहुमत देखिन्छ ।

कर्णाली प्रदेशमा काँग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् भने माओवादी केन्द्रका १३ तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना सांसद रहेका छन् ।