काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कानून कार्यान्वयनसँग संवद्ध धेरैवटा कामको जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेकाले थप व्यावसायिक संगठनका रूपमा स्थापित गर्नकालागि दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको बताउनुभयो ।…