Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


कांग्रेसका सभापति देउवा पार्टीकाे पदाधिकारी बैठकमा सहभागी नहुने

उपसभापति खड्काले बैठक सञ्चालन गर्ने तयारी

4k
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीकाे पदाधिकारी बैठकमा सहभागी नहुनेहुनु भएकाे छ।

सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले साेही बैठक सञ्चालन गर्नुहुने भएकाे हाे । बिहीबार दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक सभापति देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर उहाँकाे स्वकीय सचिवालयले बैठकमा सभापति देउवा सहभागी नहुने जनाएकाे छ ।