Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन पार्टीका नेता तथा कार्यकर्तालाई संयोजक दाहालकाे निर्देशन


338
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले बुधबार एक पत्रमा जारी गर्दै परिपत्रमा यस्ताे विशेष निर्देशन दिएको दिनुभएकाे हाे। पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परेमा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न पत्रमा आग्रह गरिएको छ।

‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ जारी पत्रमा भनिएकाे छ।’ साेही अभियान निर्वाचन आयोगले शुरु गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ।

पार्टीले यसलाई संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारसँग पनि जोडेर हेरेको संयाेजक दाहालले बताउनुभएकाे छ।