सिवी अधिकारी (रासस): काठमाडौं, असार २ । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो–आँधीका कणहरु नेपाली वायुमन्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमन्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेंलो रङको हिलो मिसिएको पानी) भइरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी…