![](https://www.imagekhabar.com/wp-content/uploads/2019/02/FqQIFpNdnwbdzIAUOqfQ.jpg)
काठमाडौं, असार २ । सामान्यताः हामीले देख्दै र भोग्दै आएको परिस्थितिभन्दा फरक अनुभव गर्यौं भने त्यसले चकित तुल्याउँछ ।
शुक्रबार राति परेको पानीले पनि काठमाडौं उपत्यका र मुलुकका विभिन्न ठाउँका मानिसलाई त्यस्तै बनायो ।
शुक्रबार राति र शनिबार बिहान परेको पानी अरु दिनकोजस्तो सफा थिएन । पानी धमिलो थियो । धेरैले ठाने, हिलोसहितको पानी बर्सियो ।
यो हो वास्तविकता
पश्चिमी वायु सक्रिय हुँदा भारतीय मरुभूमिको बालुवा र त्यहाँको औद्योगिक क्षेत्रको धुलो उडेर नेपालको आकाशसम्म आएकाले शुक्रबार राति परेको पानी धमिलो भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्