अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार ५ । बहुमतको दृष्टिले वर्तमान सरकार आधुनिक नेपालको सबैभन्दा शक्तिशाली सरकार हो । वर्तमान सरकारसँग दुईतिहाइभन्दा बढीको बहुमत छ । तर, सरकार गठन भएको सुरुका चार महिनामा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुरुप कार्यशैली देखाउन सकेको छैन । वर्तमान सरकार पद्धतिभन्दा निर्देशन शैलीमा प्रस्तुत् भइरहेको टिप्पणी हुन थालेको…