गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा सेवामुखी भएर काम गर्नुपर्छ : मुख्यमन्त्री राई • Image Khabar Image Khabar


गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा सेवामुखी भएर काम गर्नुपर्छ : मुख्यमन्त्री राई


Imagekhabar
५ असार २०७५, मंगलवार ०७:५०

गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा सेवामुखी भएर काम गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, असार ५ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले नेपालमा रहेका गैरसरकारी संस्थाहरुले जनताको मन जित्ने गरी काम नगरेको बताएका छन् ।

मोरङको धनपालथान गाउँपालिका–६ मा मंगलबार आयोजित विद्यालय, स्वास्थ्य संस्था तथा आवासगृह हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा पनि सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले जनताको मन जित्ने गरी काम गर्न गैरसरकारी संस्थाहरुको अनुगमन र नियन्त्रणमा प्रदेश सरकारले चाँडै नै कानुन ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्