मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले दिए राजीनामा • Image Khabar Image Khabar


मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले दिए राजीनामा


Imagekhabar
५ असार २०७५, मंगलवार ०८:०४

मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले दिए राजीनामा

काठमाडौं, असार ५ । मिडिया सोसाइटी नेपालका अध्यक्ष पुष्करलाल श्रेष्ठले सो पदबाट राजीनामा दिएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको जनाएका हुन् ।

‘मुलुकमा अनेकौं राजनीतिक परिवर्तन भइसक्दा पनि पत्रकारितामा राजनीतिक ‘सिन्डिकेट’ हाबी हुन नछाडेको र सरकारलेसमेत संस्थागतरुपमाभन्दा राजनीतिक पार्टीसँग आबद्ध पत्रकारहरुलाई नै प्रोत्साहन एवं प्रश्रय दिने प्रचलन नहटेको’ उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

एकजना व्यावसायिक र स्वतन्त्र पत्रकारको हैसियतले पत्रकारितासँग सम्बन्धित संघ–संस्थामा रहेर निष्पक्षरुपमा कार्यसम्पादन गर्न नसकिने देखिएकाले आफूले राजीनामा गर्नुपरेको श्रेष्ठले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्