२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालियो


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, असार ६ । राष्ट्रिय परिचयपत्रको वितरणको काम पाँचथरबाट सुरु गरिएको छ ।

मंगलबार फिदिम नगरपालिका–४ की १०२ वर्षीया ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिएर नेपालमै पहिलोपटक राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरिएको हो ।

पहिलो चरणमा १ लाख १७ हजारलाई परिचयपत्र वितरण गर्ने सरकारी तयारी छ । पाँचथरमामात्रै १ लाख १० हजारलाई परिचयपत्र वितरण गरिनेछ ।

बाँकी ७ हजार काठमाडौं, सिंहदरबारमा कार्यरत् कर्मचारीलाई वितरण गरिने राष्ट्रिय परिचयपत्र व्यस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले बताए ।

नागरिकले विभिन्न प्रयोजनका लागि धेरै किसिमका सरकारी प्रमाणपत्र लिनुपर्ने झन्झटलाई हटाइ एउटै कार्डबाट सबै सेवा प्राप्त गर्नसक्ने, मुलुकभित्र तथा बाहिर पूर्णविवरणसहितको पहिचान दिलाउनेसक्ने राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारी लक्ष्यअनुसार कार्य अघि बढेको हो ।

‘मेमोरी चिप्स’सहितको ‘मेसिन रिडेबल कार्ड’ हुने भएकाले यसमा सम्पूर्ण विवरण अटाउनसकिने बताइएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ देखि नै राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा अघि सारेको थियो ।

परिचयपत्र वितरण गर्ने निर्णय भने २०७४ भदौ १९ गतेको मन्त्रिपरिषदको बैठकले गरेको थियो ।