Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


मह शिकारले पुनजीवन पाउँदै (भिडियाे रिपोर्ट)


0
Shares

शुभकला राई, ओखलढुंगा।
अग्ला अग्ला भीरमा बस्ने भीरमौरीको मह शिकार गर्नु आफैमा साहसिक कार्य मानिन्छ । जसले गर्दा परम्परागत स्वरुपको मह शिकार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित जन्तरखानीको मगार भीरमा लोप भइसकेको थियो ।

तर, अहिले स्थानीय वडा कार्यालयले थप व्यवस्थित बनाएसँगै मह शिकारको पुख्र्यौली चलनले ओखलढुङ्गामा पुनर्जीवन पाएको हो ।

भौगोलिक रूपमा विकट भएपनि प्राकृतिक रूपमा सुन्दर जन्तरखानीस्थित मगार भीरमा मह शिकार गर्ने परम्पराले पुनः निरन्तरता पाउन थालेको छ ।

संरक्षणको अभाव र चोरी शिकारीका कारण संकटमा परेका भीरमौरीका घारहरू नगरपालिकाको ६ नम्बर वडा कार्यालयले नै व्यवस्थापन गरेसँगै बढ्न थालेका छन् ।

पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको भीरमौरीको मह काढ्ने परम्परागत चलनलाई बचाइराख्न स्थानीय बासिन्दाहरू पनि उत्साहित बनेका छन् । भीर मौरीकाा घारहरु जन्तरखानीका टोल टोललाई विभाजन गरिदएपछि अहिले मह काढ्ने प्रचलन थप व्यवस्थित समेत हुन थालेको छ ।