Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२६’ मा प्लाटिनुम अवार्ड


0
Shares

काठमाडाैं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्ल्याटिनम अवार्डबाट सम्मानित भएको छ।

बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC Workflow Compliance) सम्बन्धी नवप्रवर्तनात्मक पहलका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ।

इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाले अवलम्बन गरेका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासलाई सम्मान गर्न प्रदान गरिन्छ। यस वर्ष विभिन्न ९ विधामा विश्वभरबाट ५०० भन्दा बढी आवेदन परेका थिए।

कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाएको तथा नियामकीय मापदण्डको प्रभावकारी पालना सुनिश्चित गरेको भन्दै प्ल्याटिनम सम्मान प्रदान गरिएको हो।

बैंकका अनुसार उक्त प्रणालीले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी, विश्वसनीय र ग्राहकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ।

बैंकले आगामी दिनमा पनि डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बताएको छ।