-सञ्जय कार्की/ईमेज रौतहट । नगरप्रमुख र उपप्रमुखको विवादका कारण रौतहटका ३ नगरपालिकाको नगरसभा अवरुद्ध बनेको छ । आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा पनि नगरसभाका पदाधिकारीको जुँगाको लडाइँका कारण नगरसभा बस्न नसक्दा नगरपालिकाका समग्र कामकारबाही नै अलपत्र जस्तै बनेका छन् । विशेष गरी बजेट बाँडफाँटको विषयमा विवादमा रौतहटको बौद्धिमाई, कटहरिया र फतुवाबिजयपुर नगरपालिकाका जनप्रतिनिधिहरु…