
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकालाई मुलकमै पहिलोपटक कुपोषण मुक्त गाउँपालिका बनाउन अभियान थालिएको छ ।
अवको एक वर्षभित्र गाउँपालिकालाई कुपोषण मुक्त गाउँपालिका बनाउने गरी अभियानलाई तिव्रता दिइने गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।
सरोकारवाला सितको छलफल तथा अन्र्तक्रिया कार्यक्रमपछि अभियानलाई तीव्र बनाइने गाउँपालिकाका उपाध्यक्ष कमला योङहाङले बताए ।
गाउँपालिकाको १ देखि ६ नम्बर वडामै गएर अभिमुखीकरणको काम थालिने बताइएको छ ।
याङवरक गाउँपालिका कुष्ठरोग मुक्त गाउँपालिका पनि घोषणा हुने तयारीमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्