काठमाडौं, मंसिर ६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता असफल बनाउने षडयन्त्र भइरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयता नरुचाउने शक्तिहरु तीन तहका सरकारबीचको अधिकार विवादलाई उचालेर संघीयता असफल बनाउन लागिपरेको जिकिर गरे । जनताले नेकपालाई दुईतिहाइ बहुमत दिएर अग्निपरीक्षा गरेको भन्दै उनले अरुलाई दोष दिएर सरकार उम्कनसक्ने अवस्था…