काठमाडौं । अन्तरप्रदेश परिषद्को बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरु काठमाडौंमा आउन लागेका हुन् । पहिलो बैठक भएकाले प्रधानमन्त्रीसहित केन्द्र सरकारका मन्त्री, सचिव र ७ वटै प्रदेशका मुख्यमन्त्री सहभागी हुने छन् । संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरद्वन्द्व समाधान गर्ने…