२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओलाङ्चुङगोला नाकालाई उच्च महत्व : मुख्यमन्त्री राई


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, मंसिर २१ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् ।

ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ आएका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोडिएकाले यसलाई सन्चालन गर्न सरकार प्रयासरत् रहेको बताए ।

पछिल्लो समयमा सीमा सुरक्षाका सम्बन्धमा धेरै टीका–टिप्पणी आउन थालेकाले सुरक्षा अवस्थाबारेसमेत अध्ययन भइरहेको उनको भनाइ थियो ।