Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


शिवराज नगरपालिका खुला दिसामुक्त घोषित

कपिलवस्तु, चैत २७ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र ११ हजार ४५४ शौचालय बनेपछि नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । बुधबार चन्द्रौटामा एक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएको हो । तामझामका साथ सांस्कृतिक र्‍यालीसहित चन्द्रौटाबजारको परिक्रमासमेत  गरिएको थियो । नगरपालिकाका ११ ओटा वडामध्ये तीनओटा वडा पहिले नै खुला दिसामुक्त घोषणा भइसकेका थिए ।