८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


कर्णाली सरकारले बाढीपीडितलाई तीन लाख दिने


0
Shares

सुर्खेत, चैत २७ । कर्णाली प्रदेश सरकारले २०७१ सालका बाढीपीडितलाई प्रतिपरिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सुर्खेतका एक हजार ४५ बाढीपीडित तथा अन्य जिल्लाका बाढीपीडितलाई छानोमुनि ल्याउनका लागि बजेट दिने निर्णय गरिएको जनाइएको छ ।

स्थानीय तहसँग समन्वय गरेर जग्गा भएकाहरूलाई किस्तामा रकम दिने र नभएकाहरूको हकमा नमुना एकीकृत बस्तीकारुपमा विकास गरिने निर्णय पनि गरिएको छ ।

यस्तै, असिनापीडितहरुलाई राहतस्वरूप दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

सुर्खेत, दैलेखलगायतका जिल्लामा असिनापानीले बालीमा ठूलो क्षति पुर्‍याएको भन्दै १५ दिनभित्र लगत संकलन गरी राहत उपलब्ध गराइनेछ ।