धादिङ, भदौ १० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई स्थायित्व दिन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभामा बोल्दै मुख्यमन्त्री पौडेलले संघीयतामा काम गर्न चुनौती र अवसर दुवै रहेकाले संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताए । स्थानीय सरकारले जनमुखी काम गर्न नसकिरहेकोतर्फ सचेत गराउँदै…