Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


तौलिहवा अस्पताललाई २०० ‘डेंगी किट’ हस्तान्तरण

कपिलवस्तु, भदौ २८ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१ ले तौलिहवा अस्पताललाई २०० ओटा ‘डेंगी किट’ हस्तान्तरण गरेको छ । शनिबार नगरपालिकाका मेयर किरण सिंहलगायतले उपचारमा सहजता ल्याउन भन्दै अस्पतालका प्रशासन प्रमुख रत्नाकर शुक्लालाई किट हस्तान्तरण गरेका हुन् । नगरभित्रका १२ ओटै वडामा विषादी छर्ने कामसमेत सुरु गरिएको छ ।